नियम १९०
पाँच वर्षसम्म नोकरी छाड्न नपाउने
: कुनै पनि प्रहरी कर्मचारीले नियुक्ति भएको मितिले पाँच वर्षसम्म नोकरी छाड्न पाउने छैन ।
तर कुनै प्रहरी कर्मचारीलाई मानसिब माफिकको कारण परी नोकरी नछाडी नहुने अवस्था परेमा निजले कारण खोली अख्तियारवालासमक्ष निवेदन गर्नु पर्नेछ र अख्तियारवालाले मनासिब ठानेमा प्रहरी कर्मचारीलाई नोकरी छाड्न अनुमति दिन सक्नेछ ।